सवारी चालक अनुमतिपत्रको बर्ग थपको आवेदन प्रणालीमा स्वागत छ ।
-
सवारी चालक अनुमतिपत्रका लागि निवेदकको उमेर दुई पाङ्ग्रे सवारी (वर्ग A/K) को लागि १६ वर्ष, साना सवारी (वर्ग B) को लागि १८ वर्ष र अन्य सवारीका लागि २१ वर्ष पूरा भएको हुनुपर्नेछ ।
-
बर्ग F र G को हकमा बर्ग थपको आवेदन दिनको लागि बर्ग B लिएको २ बर्ष पुरा भएको हुनुपर्नेछ ।
-
बर्ग थपको फर्म भर्नको लागि https://applydlnew.dotm.gov.np/login मा क्लिक गर्नुहोस् ।
-
आफ्नै नाममा रहेको मोबाईल नं. मात्र प्रयोग गरी देखिएको captcha (चित्रमा देखिएका अक्षरहरू) Type गरी Next Button मा क्लिक गर्नुहोस्।
-
तपाईको मोवाइल नम्बरमा आएको MPIN Number Type गरी Next Button मा क्लिक गर्नुहोस्।
-
देखिएको Applicant Portal (आवेदक पोर्टल) मा Apply for Add Cagegory (बर्ग थप) छनौट गर्नुहोस् ।
-
स्वास्थ्य परीक्षणको लागि कार्यालयभित्र रहेको डाक्टरबाट स्वास्थ्य परीक्षण गर्न चाहेमा पहिलो Option छनौट गर्नुहोस् अथवा मन्त्रालयद्वारा सूचीकृत डाक्टरबाट स्वास्थ्य परीक्षण गर्न चाहेमा दोस्रो Option छनौट गर्नुहोस् र Next Button मा क्लिक गरी Form Submit Dialog Box को OK Button मा क्लिक गर्नुहोस् । [नोटः मन्त्रालयबाट सूचीकृत (बाहिरको) डाक्टरबाट स्वास्थ्य परीक्षण गर्न चाहेको खण्डमा आफूलाई पायक पर्ने डाक्टर छनौट गरी उक्त स्थानमा गई स्वास्थ्य परीक्षणको लागि सम्पर्क गर्नेुपर्नेछ । ]
-
बर्ग थपमा तपाईलाई जुन वर्गको सवारीको लाईसन्स चाहिएको हो त्यसमा छनौट गरी Trial दिने कार्यालय छान्नुहोस् र आफ्नो Biometrics को लागि Office Visit Date छनौट गरी Next Button मा क्लिक गर्नुहोस्। र Form Submit Dialog Box को OK Button मा क्लिक गर्नुहोस् ।
- अव तपाईको Form Submit भै सकेपछि Click here to Download Application मा गई Download गर्नुहोस र त्यो Download भएको फर्म प्रिन्ट गरी छनौट गरिएको Office Visit Date मा Biometrics को लागि यस कार्यालयमा विहानको ठीक १०:०० बजे कोठा नं. ३ मा सम्पर्क राख्नुहोस् ।
- Biometrix को कार्य भए पश्चात स्वास्थ्य परीक्षणको लागि कार्यालयभित्र रहेको डाक्टरबाट स्वास्थ्य परीक्षण गर्न छनौट गरेका आवेदकहरुको हकमा यस कार्यालयको कोठा नं. ४ मा गई स्वास्थ्य परीक्षण गर्नु पर्नेछ तर मन्त्रालयबाट सूचिकृत (बाहिरको) डाक्टरबाट स्वास्थ्य परीक्षण गर्न छनौट गरेका आवेदकहरुको हकमा छनौट गरेको डाक्टरकोमा गई स्वास्थ्य परीक्षण गर्नु पर्नेछ ।
-
स्वास्थ्य परीक्षणको कार्य भए पश्चात तोकिएको राजश्व जम्मा गर्न कोठा नं. १० मा रहेको बैकमा राजश्व जम्मा गरे पछि कोठा नं. ९ मा रहेको लेखा शाखाबाट आफ्नो प्रवेश पत्र एकिन गरी लिनु पर्नेछ । Online Payment गर्ने सेवाग्राहीको हकमा Online Payment गरेपछि प्राप्त भएको Payment Receipt Download गरी प्रिन्ट गर्नुपर्नेछ ।
-
बायोमेट्रिक दर्ता तथा प्रयोगात्मक परीक्षाका लागि सम्बन्धित कार्यालयमा जाँदा अनिवार्य रूपमा सक्कल नागरिकता र आवेदकको फर्म साथमा लिएर मात्र जानुपर्नेछ ।
-
विवरण रुजु एवंम् बायोमेट्रिकका लागि प्राप्त गरेको कार्यालय भिजिट डेटमा निवेदक उपस्थित हुन नसकेको अवस्थामा सो मितिबाट १५ दिन पछि मात्र पुनः अनलाइन आवेदन भर्न सकिनेछ ।
कार्यालयसँग सम्बन्धित अन्य केहि कुरा सोधपुछ गर्न आवश्यक भएमा यस कार्यालयको कोठा नं. २ (HELP DESK) मा सम्पर्क राख्नुहोला ।