परिचय

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, इटहरी, सुनसरी कोशी प्रदेशले इटहरी उपमहानगरपालिका वडा नं. १० स्थित खनार उत्तर संविधान चौक नजिकै आफ्नै भवनबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी नयाँ फर्म दर्ता, बायोमेट्रिक्स, लिखित परीक्षा, स्वास्थ्य परीक्षण, ट्रायल तथा रि-ट्रायल परीक्षा, वर्ग थप, लाईसेन्स नवीकरण, प्रतिलिपि, राजश्वको विद्युतीय भुक्तानी, पेपर कार्ड लाईसेन्स अद्यावधिक, अस्थायी लाईसेन्स प्रिन्टिङ, स्मार्ट कार्ड वितरण जस्ता सेवाहरु प्रवाह गरिरहेको छ ।