वि.सं:
नेपाल संवत: ११४५ तछलागा पञ्चमी - २०
१. कार्यालय समयभित्र राजश्व तिर्न ढिला भई अनलाइन मार्फत राजश्व तिरेका आवेदकहरूको नाम प्रकाशित नामावलिमा समावेश हुन नसकेको भएमा निजहरूको हकमा लगत्तै अर्को दिन हुने लिखित परीक्षामा नाम समावेश गरी नामावली प्रकाशन गरिनेछ।
२. लिखित परीक्षा दिउँसो २.०० बजेबाट सुरु हुनेछ। परीक्षा सुरु हुनुभन्दा १० मिनेट ढिला उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी गराउन सकिने छैन।
३.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता, प्रवेश पत्र वा राजश्व बुझाएको रसिद अनिवार्य रुपमा लिइ आउनुहुन अनुरोध छ ।
४.लिखित परीक्षाको हाँजिरी र परिक्षा परीक्षाहलमा हुनेछ। लिखित परीक्षाको नामावलीमा प्रकाशित क्रमअनुसार हाँजिर हुनुपर्नेछ। तसर्थ हाँजिरको लागि लाइन बस्दा आफ्नो क्रमअनुसार बस्ने र सोही अनुसार आफ्नो क्रममा हाँजिर गर्नुपर्नेछ। आफ्नो क्रममा उपस्थित नहुने परीक्षार्थीको हाँजिर अन्तिममा गराइनेछ। हाँजिर गर्ने क्रममा आफ्नो पालो नआउँदासम्म सहनशील भइ कोठा नम्बर १३ अगाडि लाइनमा बसिदिनुहुन अनुरोध छ।
५.उत्तरपुस्तिकामा चिन्हहरु भर्ने क्रममा नीलो अथवा कालो पेन मात्र प्रयोग गर्नुहोला।
६.उत्तरपुस्तिकामा प्रश्नपत्र सेट, आवेदक नम्वर (APPLICANT ID ) र पुरा नाम थर अनिवार्य रुपमा लेख्नुपर्नेछ।
७.लिखित परीक्षामा फेल भएमा पुनः लिखित परिक्षामा समावेश हुन ९० दिन कुर्नुपर्ने हुँदा हेलचेक्र्याइँ नगर्नुहुन समेत अनुरोध छ।