लाईसेन्स प्रतिलिपि

लाईसेन्सको प्रतिलिपि कार्यको लागि

  1. लाईसेन्सको प्रतिलिपि लिनको लागि सेवाग्राही स्वयं कार्यालयमा उपस्थित भई आफ्नो सक्कल नागरिकता र ट्राफिक कार्यालयबाट लाईसेन्स हराएको सिफारिस अनिवार्य रुपमा ल्याउनु पर्नेछ । उक्त कार्यको लागि ट्राफिक सिफारिस सहित यस कार्यालयको कोठा नंं. ३ मा सम्पर्क राख्नु पर्नेछ ।

  2. कोठा नं. ३ मा Biometrics सम्पन्न भएपछि मात्र कोठा नं. ५ मा प्रमाणीकरण (Approve) को लागि सम्पर्क गर्नु पर्नेछ ।

  3. कोठा नं. ५ मा प्रमाणीकरण (Approve) को कार्य सम्पन्न भए पछि तोकिएको राजश्व कोठा नं. १० मा रहेको बैकमा वा Online Payment मार्फत राजश्व जम्मा गर्नु पर्नेछ ।

  4. कोठा नं. १० मा रहेको बैकमा राजश्व जम्मा गरे पछि कोठा नं. ९ मा रहेको लेखा शाखाबाट आफ्नो रसिद एकिन गरी लिनु पर्नेछ । Online Payment गर्ने सेवाग्राहीको हकमा Online Payment गरेपछि प्राप्त भएको Payment Receipt Download गरी प्रिन्ट गर्नुपर्नेछ ।

कार्यालयसँग सम्बन्धित अन्य केहि कुरा सोधपुछ गर्न आवश्यक भएमा यस कार्यालयको कोठा नं. २ (HELP DESK) मा सम्पर्क राख्नुहोला ।