यस कार्यालयमा उपस्थित भई लाईसेन्स नवीकरण गर्नको लागि
- नवीकरण कार्य गर्न आउँदा सेवाग्राही स्वयं कार्यालयमा उपस्थित भई आफ्नो सक्कल नागरिकता र लाईसेन्स अनिवार्य रुपमा ल्याउनु पर्नेछ । उक्त कार्यको लागि यस कार्यालयको कोठा नंं. ३ मा सम्पर्क राख्नु पर्नेछ ।
- कोठा नं. ३ मा Biometrics सम्पन्न भएपछि स्वास्थ्य परीक्षण गरेर मात्र कोठा नं. ५ मा प्रमाणीकरण (Approve) को लागि सम्पर्क गर्नु पर्नेछ ।
- कोठा नं. ५ मा प्रमाणीकरण (Approve) को कार्य सम्पन्न भए पछि तोकिएको शुल्क कोठा नं. १० मा रहेको बैकमा राजश्व जम्मा गर्नु पर्नेछ ।
- कोठा नं. १० मा रहेको बैकमा राजश्व जम्मा गरे पछि कोठा नं. ९ मा रहेको लेखा शाखाबाट आफ्नो रसिद एकिन गरी लिनु पर्नेछ ।
अनलाईन मार्फत लाईसेन्स नवीकरण गर्नको लागि
- अनलाईन मार्फत नवीकरण गर्ने सेवाग्राहीले https://applydlnew.dotm.gov.np/login मा क्लिक गर्नुहोस् ।
-
आफ्नै नाममा रहेको मोबाईल नं. प्रयोग गरी देखिएको captcha (चित्रमा देखिएका अक्षरहरू) Type गरी Next Button मा क्लिक गर्नुहोस्।
-
तपाईको मोवाइल नम्बरमा आएको MPIN Number Type गरी Next Button मा क्लिक गर्नुहोस्।
-
Yes, I have a nepalese Driving License (हो, मसँग सवारी चालक अनुमतिपत्र छ) भन्ने ठाउँमा छनौट गरी Next Button मा क्लिक गर्नुहोस्।
-
त्यसपछि, माग गरिएको तपाईको लाईसेन्स नम्बर र जन्ममिति भरी Next Button मा क्लिक गर्नुहोस् र देखिएको तपाईको विवरण हेरी पूनः Next Button मा क्लिक गर्नुहोस्
-
देखिएको Applicant Portal (आवेदक पोर्टल) मा Renew Your License (लाईसेन्स नवीकरण) छनौट गर्नुहोस् ।
-
स्वास्थ्य परीक्षणको लागि कार्यालयभित्र रहेको डाक्टरबाट स्वास्थ्य परीक्षण गर्न चाहेमा पहिलो Option मा छान्नुहोस् अथवा मन्त्रालयद्वारा सूचीकृत डाक्टरबाट स्वास्थ्य परीक्षण गर्न चाहेमा दोस्रो Option छनौट गर्नुहोस् र Next Button मा क्लिक गरी Form Submit Dialog Box को OK Button मा क्लिक गर्नुहोस् ।
-
अव, नवीकरण कार्यको लागि यस कार्यालयको कोठा नं. ३ मा गई नवीकरण गर्नुहोस् ।
-
कार्यालयभित्र रहेको डाक्टरबाट स्वास्थ्य परीक्षण गर्न छनौट गरेका आवेदकहरुको हकमा यस कार्यालयको कोठा नं. ४ मा गई स्वास्थ्य परीक्षण गर्नु पर्नेछ र मन्त्रालयबाट सूचिकृत (बाहिरको) डाक्टरबाट स्वास्थ्य परीक्षण गर्न छनौट गरेका आवेदकहरुको हकमा छनौट गरेको डाक्टरकोमा गई स्वास्थ्य परीक्षण गर्नु पर्नेछ ।
-
यो सम्पूर्ण कार्य गरिसके पछि मात्र कोठा नं. ५ मा प्रमाणीकरण (Approve) को लागि सम्पर्क गर्नु पर्नेछ ।
- कोठा नं. ५ मा प्रमाणीकरण (Approve) को कार्य सम्पन्न भए पछि तोकिएको शुल्क कोठा नं. १० मा रहेको बैकमा वा Online Payment मार्फत राजश्व जम्मा गर्नु पर्नेछ ।
- कोठा नं. १० मा रहेको बैकमा राजश्व जम्मा गरे पछि कोठा नं. ९ मा रहेको लेखा शाखाबाट आफ्नो रसिद एकिन गरी लिनु पर्नेछ । Online Payment गर्ने सेवाग्राहीको हकमा Online Payment गरेपछि प्राप्त भएको Payment Receipt Download गरी प्रिन्ट गर्नुपर्नेछ ।