वि.सं:
नेपाल संवत: ११४५ तछलागा पञ्चमी - २०
सवारी चालक अनुमतिपत्रको लागि आवेदन प्रणालीमा स्वागत छ ।
सवारी चालक अनुमतिपत्रका लागि निवेदकको उमेर दुई पाङ्ग्रे सवारी (वर्ग A/K) को लागि १६ वर्ष, साना सवारी (वर्ग B) को लागि १८ वर्ष र अन्य सवारीका लागि २१ वर्ष पूरा भएको हुनुपर्नेछ ।
नयाँ सवारी चालक अनुमतिपत्रको फर्म भर्नको लागि https://applydlnew.dotm.gov.np/login मा क्लिक गर्नुहोस् ।
आफ्नै नाममा रहेको मोबाईल नं. मात्र प्रयोग गरी देखिएको captcha (चित्रमा देखिएका अक्षरहरू) Type गरी Next Button मा क्लिक गर्नुहोस्।
तपाईको मोवाइल नम्बरमा आएको MPIN Number Type गरी Next Button मा क्लिक गर्नुहोस्।
No, I don't have Nepalese Driving License (हो, मसँग नेपाली सवारी चालक अनुमतिपत्र छैन) मा छनौट गरी Next Button मा क्लिक गर्नुहोस्।
तपाई कुन देशको नागरिक हो भन्ने ठाउँमा आफ्नो देश छनौट गरी Next Button मा क्लिक गर्नुहोस्।
त्यसपछि आफ्नो व्यक्तिगत विवरण English र Nepali मा ध्यान पूर्वक भरी नागरिकताको अगाडिको भाग र पछाडिको भाग 1mb को साइजमा Upload गरी Next Button मा क्लिक गर्नुहोस्।
यो फर्ममा भरिएको विवरण एकपटक पून:राम्ररी हेरेर मात्र Next Button मा क्लिक गर्नुहोला विवरण गल्ति भरिएको रहेछ भने Back Button मा क्लिक गरी सच्याउन सकिने छ किनकि एकपटक Submit गरेपछि सच्याउँन पाईने छैन ।
त्यस पछि "मैले प्रविष्ट गरेका सम्पूर्ण विवरणहरु र अपलोड गरिएका कागज ठीक/सही हुन् झूठा ठहरे कानून वमोजिम सहुँला बुझाउँला" भन्ने ठाउँमा Tick Mark लगाई Next Button मा क्लिक गर्नुहोस्। र Ok Button मा क्लिक गर्नुहोस् ।
देखिएको Applicant Portal (आवेदक पोर्टल) मा Apply for New License (नयाँ लाईसन्समा) छनौट गर्नुहोस् ।
स्वास्थ्य परीक्षणको लागि कार्यालयभित्र रहेको डाक्टरबाट स्वास्थ्य परीक्षण गर्न चाहेमा पहिलो Option मा छान्नुहोस् अथवा मन्त्रालयद्वारा सूचीकृत डाक्टरबाट स्वास्थ्य परीक्षण गर्न चाहेमा दोस्रो Option छनौट गर्नुहोस् र Next Button मा क्लिक गरी Form Submit Dialog Box को OK Button मा क्लिक गर्नुहोस् । [नोटः मन्त्रालयबाट सूचीकृत (बाहिरको) डाक्टरबाट स्वास्थ्य परीक्षण गर्न चाहेको खण्डमा आफूलाई पायक पर्ने डाक्टर छनौट गरी उक्त स्थानमा गई स्वास्थ्य परीक्षणको लागि सम्पर्क गर्नेुपर्नेछ । ]
तपाईलाई जुन वर्गको सवारीको लाईसन्स चाहिएको हो त्यसमा छनौट गरी कार्यालय छान्नुहोस् र त्यस कार्यालयमा फर्म दर्ता गरी आफ्नो Biometrics को लागि Office Visit Date छनौट गरी Next Button मा क्लिक गर्नुहोस्। र Form Submit Dialog Box को OK Button मा क्लिक गर्नुहोस् ।
स्वास्थ्य परीक्षणको कार्य भए पश्चात तोकिएको राजश्व जम्मा गर्न कोठा नं. १० मा रहेको बैकमा राजश्व जम्मा गरे पछि कोठा नं. ९ मा रहेको लेखा शाखाबाट आफ्नो प्रवेश पत्र एकिन गरी लिनु पर्नेछ । Online Payment गर्ने सेवाग्राहीको हकमा Online Payment गरेपछि प्राप्त भएको Payment Receipt Download गरी प्रिन्ट गर्नुपर्नेछ ।
बायोमेट्रिक दर्ता, लिखित तथा प्रयोगात्मक परीक्षाका लागि सम्बन्धित कार्यालयमा जाँदा अनिवार्य रूपमा सक्कल नागरिकता र आवेदकको फर्म साथमा लिएर मात्र जानुपर्नेछ ।
विवरण रुजु एवंम् बायोमेट्रिकका लागि प्राप्त गरेको कार्यालय भिजिट डेटमा निवेदक उपस्थित हुन नसकेको अवस्थामा सो मितिबाट १५ दिन पछि मात्र पुनः अनलाइन आवेदन भर्न सकिनेछ ।
कार्यालयसँग सम्बन्धित अन्य केहि कुरा सोधपुछ गर्न आवश्यक भएमा यस कार्यालयको कोठा नं. २ (HELP DESK) मा सम्पर्क राख्नुहोला ।