सवारी चालक अनुमतिपत्रको लागि आवेदन प्रणालीमा स्वागत छ ।
-
सवारी चालक अनुमतिपत्रका लागि निवेदकको उमेर दुई पाङ्ग्रे सवारी (वर्ग A/K) को लागि १६ वर्ष, साना सवारी (वर्ग B) को लागि १८ वर्ष र अन्य सवारीका लागि २१ वर्ष पूरा भएको हुनुपर्नेछ ।
-
नयाँ सवारी चालक अनुमतिपत्रको फर्म भर्नको लागि https://applydlnew.dotm.gov.np/login मा क्लिक गर्नुहोस् ।
-
आफ्नै नाममा रहेको मोबाईल नं. मात्र प्रयोग गरी देखिएको captcha (चित्रमा देखिएका अक्षरहरू) Type गरी Next Button मा क्लिक गर्नुहोस्।
-
तपाईको मोवाइल नम्बरमा आएको MPIN Number Type गरी Next Button मा क्लिक गर्नुहोस्।
-
No, I don't have Nepalese Driving License (हो, मसँग नेपाली सवारी चालक अनुमतिपत्र छैन) मा छनौट गरी Next Button मा क्लिक गर्नुहोस्।
-
तपाई कुन देशको नागरिक हो भन्ने ठाउँमा आफ्नो देश छनौट गरी Next Button मा क्लिक गर्नुहोस्।
-
त्यसपछि आफ्नो व्यक्तिगत विवरण English र Nepali मा ध्यान पूर्वक भरी नागरिकताको अगाडिको भाग र पछाडिको भाग 1mb को साइजमा Upload गरी Next Button मा क्लिक गर्नुहोस्।
-
यो फर्ममा भरिएको विवरण एकपटक पून:राम्ररी हेरेर मात्र Next Button मा क्लिक गर्नुहोला विवरण गल्ति भरिएको रहेछ भने Back Button मा क्लिक गरी सच्याउन सकिने छ किनकि एकपटक Submit गरेपछि सच्याउँन पाईने छैन ।
-
त्यस पछि "मैले प्रविष्ट गरेका सम्पूर्ण विवरणहरु र अपलोड गरिएका कागज ठीक/सही हुन् झूठा ठहरे कानून वमोजिम सहुँला बुझाउँला" भन्ने ठाउँमा Tick Mark लगाई Next Button मा क्लिक गर्नुहोस्। र Ok Button मा क्लिक गर्नुहोस् ।
-
देखिएको Applicant Portal (आवेदक पोर्टल) मा Apply for New License (नयाँ लाईसन्समा) छनौट गर्नुहोस् ।
-
स्वास्थ्य परीक्षणको लागि कार्यालयभित्र रहेको डाक्टरबाट स्वास्थ्य परीक्षण गर्न चाहेमा पहिलो Option मा छान्नुहोस् अथवा मन्त्रालयद्वारा सूचीकृत डाक्टरबाट स्वास्थ्य परीक्षण गर्न चाहेमा दोस्रो Option छनौट गर्नुहोस् र Next Button मा क्लिक गरी Form Submit Dialog Box को OK Button मा क्लिक गर्नुहोस् । [नोटः मन्त्रालयबाट सूचीकृत (बाहिरको) डाक्टरबाट स्वास्थ्य परीक्षण गर्न चाहेको खण्डमा आफूलाई पायक पर्ने डाक्टर छनौट गरी उक्त स्थानमा गई स्वास्थ्य परीक्षणको लागि सम्पर्क गर्नेुपर्नेछ । ]
-
तपाईलाई जुन वर्गको सवारीको लाईसन्स चाहिएको हो त्यसमा छनौट गरी कार्यालय छान्नुहोस् र त्यस कार्यालयमा फर्म दर्ता गरी आफ्नो Biometrics को लागि Office Visit Date छनौट गरी Next Button मा क्लिक गर्नुहोस्। र Form Submit Dialog Box को OK Button मा क्लिक गर्नुहोस् ।
- अव तपाईको Form Submit भै सकेपछि Click here to Download Application मा गई Download भएको फर्म प्रिन्ट गरी छनौट गरिएको Office Visit Date मा Biometrics को लागि कार्यालयमा विहानको ठीक १०:०० बजे कोठा नं. ३ मा सम्पर्क राख्नुहोस् ।
- कार्यालयभित्र रहेको डाक्टरबाट स्वास्थ्य परीक्षण गर्न छनौट गरेका आवेदकहरुको हकमा यस कार्यालयको कोठा नं. ४ मा गई स्वास्थ्य परीक्षण गर्नु पर्नेछ र मन्त्रालयबाट सूचिकृत (बाहिरको) डाक्टरबाट स्वास्थ्य परीक्षण गर्न छनौट गरेका आवेदकहरुको हकमा छनौट गरेको डाक्टरकोमा गई स्वास्थ्य परीक्षण गर्नु पर्नेछ ।
-
स्वास्थ्य परीक्षणको कार्य भए पश्चात तोकिएको राजश्व जम्मा गर्न कोठा नं. १० मा रहेको बैकमा राजश्व जम्मा गरे पछि कोठा नं. ९ मा रहेको लेखा शाखाबाट आफ्नो प्रवेश पत्र एकिन गरी लिनु पर्नेछ । Online Payment गर्ने सेवाग्राहीको हकमा Online Payment गरेपछि प्राप्त भएको Payment Receipt Download गरी प्रिन्ट गर्नुपर्नेछ ।
-
बायोमेट्रिक दर्ता, लिखित तथा प्रयोगात्मक परीक्षाका लागि सम्बन्धित कार्यालयमा जाँदा अनिवार्य रूपमा सक्कल नागरिकता र आवेदकको फर्म साथमा लिएर मात्र जानुपर्नेछ ।
-
विवरण रुजु एवंम् बायोमेट्रिकका लागि प्राप्त गरेको कार्यालय भिजिट डेटमा निवेदक उपस्थित हुन नसकेको अवस्थामा सो मितिबाट १५ दिन पछि मात्र पुनः अनलाइन आवेदन भर्न सकिनेछ ।
कार्यालयसँग सम्बन्धित अन्य केहि कुरा सोधपुछ गर्न आवश्यक भएमा यस कार्यालयको कोठा नं. २ (HELP DESK) मा सम्पर्क राख्नुहोला ।