ONLINE PAYMENT गर्ने प्रक्रिया

  • Google Chrome ब्राउजर मा गई applydlnew.dotm.gov.np टाइप गर्नुहोस्,
  • आफ्नो Mobile Number Captcha राखी Next गर्नुहोस्,
  • तपाईको मोवाईलमा आएको 6 अङ्कको MPIN राखी Next गर्नुहोस्,
  • हालसम्म लाईसेन्स प्राप्त नगरेका सेवाग्राहीहरुको हकमा No, I Don"t Have Nepalese License ( होईन, मसँग नेपाली सवारी चालक अनुमति पत्र छैन) भन्ने Option छान्नुहोस्,
  • लाईसेन्स प्राप्त गरेका सेवाग्राहीहरुको हकमा Yes, I have …(हो, मसँग नेपाली सवारी चालक अनुमति पत्र ) भन्ने Option छान्नुहोस्,
  • त्यसपछी आवेदक पोर्टल (Application Portal) खुल्नेछ त्यसमा Pay Online for.............; (New License/ Add category/ Renewal) मा Click गर्नुहोस्,
  • त्यसपछि तपाइले तिर्नु पर्ने कति रकम हो त्यो Revenue Amount मा देखाएपछि Pay Online Now मा click गर्नुहोस्,
  • त्यसपछि रकम भुक्तानी गर्ने विकल्प छान्नुहोस् (Connect IPS/ eSewa/ IME Pay/ Khalti)
  • आफूसँग भएको Wallet छानी रकम भुक्तानी गर्नुहोस् मा Click गर्नुहोस्,
  • आफ्नो Wallet को Username Password राखी Login गर्नुहोस् ।
  • आफ्नो मोबाइल नम्बरमा आएको Token Number/OTP Entry गरी Continue Button मा click गर्नुहोस्, त्यसपछि Conform Button मा click गर्नुहोस्,
  • त्यसपछि आफ्नो Google Chrome ब्राउजरबाट Log Out गरी Home page/ Dash Board मा गएपछि पूनः Google Chrome ब्राउजरमा Log In गर्नुहोस् र Voucher List मा गई आफ्नो रसिद Download गर्नुहोस्।

Online सेवा लिनु भएकोमा धन्यवाद