वि.सं:
नेपाल संवत: ११४५ तछलागा पञ्चमी - २०
प्रयोगात्मक परीक्षा
प्रयोगात्मक परीक्षाका दिन परीक्षार्थीले परीक्षा स्थलमा अनिवार्य रूपमा जुत्ता लगाई आउनुपर्नेछ । साथै प्रयोगात्मक परीक्षा केन्द्रमा मोबाइल फोन निषेध गरिएको छ ।
लिखित परीक्षामा उत्तिर्ण भएका आवेदकहरुको प्रयोगात्मक परीक्षा हुने मिति, स्थान र समय यस कार्यालयको Website: https://tmodlsunsari.koshi.gov.np र Facebook Page (https://www.facebook.com/sunsarilc) मा दैनिक प्रकाशित गरिने छ र सोहि पेजमा गई परीक्षार्थीले एकिन गरी प्रयोगात्मक परीक्षा हुने मिति, स्थान र समयमा उपस्थित हुनु पर्नेछ ।
तोकिएको समय पश्चात प्रयोगात्मक परीक्षा दिन आउने परीक्षार्थीहरुको परीक्षा लिन कार्यालय बाध्य हुने छैन साथै प्रयोगात्मक परीक्षामा प्रयोग हुने सवारी साधनको व्यवस्था परीक्षार्थी स्वयंले गर्नुपर्नेछ ।
रि-ट्रायल परीक्षा
नयाँ तथा वर्ग थप दुवैको हकमा ट्रायल परीक्षामा असफल भएका परीक्षार्थीहरुले असफल भएको प्रथम मितिले १८ महिनाभित्र बढीमा ३ पटक सम्म ट्रायल परीक्षा दिन सक्नेछन् ।
रि-ट्रायल प्रयोगात्मक परीक्षाको लागि वर्ग H, I, J, E, F र G बाहेक प्रत्येक हप्ताको शुक्रवारका दिन दर्ता गरी राजश्व दाखिला गराईसक्नु पर्नेछ ।
तीन (३) पटक सम्म ट्रायल परीक्षामा असफल भएमा परीक्षार्थीले ९० दिन पछि मात्र अर्को फर्म भरी प्रयोगात्मक परीक्षाको प्रकृया पुरा गर्नु पर्नेछ । नयाँ लाईसेन्सको हकमा लिखित परीक्षा समेत पुन: दिनु पर्नेछ ।