वि.सं:
नेपाल संवत: ११४५ तछलागा पञ्चमी - २०
पेपर कार्ड लाईसेन्स अद्यावधिक कार्यको लागि
तपाईंसँग भएको पेपर कार्ड लाईसेन्सलाई विद्युतीय अभिलेखीकरण गर्नको लागि पुरानो सक्कलै पेपरकार्ड लाईसेन्स सहित यस कार्यालयको कोठा नं. ७ मा सम्पर्क गर्नु पर्नेछ ।
उक्त पेपर कार्ड लाईसेन्सलाई विद्युतीय अभिलेखीकरण गरेपछि यस कार्यालयको कोठा नं. ३ मा Biometrics को लागि सम्पर्क गर्नु पर्नेछ ।
कोठा नं. ३ मा Biometrics सम्पन्न भएपछि स्वास्थ्य परीक्षण गरेर मात्र कोठा नं. ५ मा प्रमाणीकरण (Approve) को लागि सम्पर्क गर्नु पर्नेछ ।
कोठा नं. ५ मा प्रमाणीकरण (Approve) को कार्य सम्पन्न भए पछि तोकिएको शुल्क कोठा नं. १० मा रहेको बैकमा वा Online Payment मार्फत राजश्व जम्मा गर्नु पर्नेछ ।
कार्यालयसँग सम्बन्धित अन्य केहि कुरा सोधपुछ गर्न आवश्यक भएमा यस कार्यालयको कोठा नं. २ (HELP DESK) मा सम्पर्क राख्नुहोला ।