लिखित परीक्षा

  1. कार्यालयले तोकेको समयभित्र राजश्व तिर्न ढिला भएका वा अनलाइन मार्फत राजश्व तिरेका आवेदकहरूको नाम प्रकाशित नामावलीमा समावेश हुन नसकेको भएमा निजहरूको हकमा लगत्तै अर्को दिन हुने लिखित परीक्षामा नाम समावेश गरी नामावली प्रकाशन गरिनेछ।
  2. दिउँसो २:०० बजेभित्र लिखित परीक्षाको लागि बायोमेट्रिक्स दर्ता गरी राजश्व बुझाई सकेका र अघिल्लो दिन राजश्व तिर्न ढिला भई नामावलीमा नाम प्रकाशित नभएका आवेदकहरुको लिखित परीक्षा दिउँसो २.०० बजेबाट सुरु हुनेछ। परीक्षा सुरु हुनुभन्दा १० मिनेट ढिला उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी गराउन सकिने छैन।
  3. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता, प्रवेश पत्र वा राजश्व बुझाएको रसिद अनिवार्य रुपमा लिइ आउनु पर्नेछ ।
  4. लिखित परीक्षाको हाजिरी र परीक्षा यस कार्यालयको कोठा नं. १६ (परीक्षाहल) मा हुनेछ। लिखित परीक्षाको नामावलीमा प्रकाशित क्रमअनुसार हाजिर हुनुपर्नेछ। तसर्थ हाजिरको लागि लाइन बस्दा आफ्नो क्रमअनुसार बस्ने र सोही अनुसार आफ्नो क्रममा हाजिर गर्नुपर्नेछ। आफ्नो क्रममा उपस्थित नहुने परीक्षार्थीको हाजिर अन्तिममा गराइनेछ।
  5. उत्तरपुस्तिकाको प्रश्नपत्र सेटमा आवेदक नम्वर (APPLICANT ID ) र पुरा नाम थर अनिवार्य रुपमा लेख्नुपर्नेछ।
  6. उत्तरपुस्तिकामा सही विकल्पको उत्तर छनौट गर्दा कालो पेन मात्र प्रयोग गर्नुहोला । लिखित परीक्षामा पेन्सिल प्रयोग गर्न पाइने छैन ।
  7. लिखित परीक्षाको नतिजा (Result) हेर्नको लागि यस कार्यालयको वेवसाइट https://tmodlsunsari.koshi.gov.np मा गई हेर्नु पर्नेछ ।
  8. लिखित परीक्षामा Fail भएमा सवारी चालक अनुमतिपत्रको आवेदन गर्नको लागि परीक्षा दिएको मितिबाट ९० दिन पछि पूनः आवेदन फर्म भरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।